Logo

मुख्य समाचार

४१ अंकले घट्यो सेयर बजार, ३ अर्बको कारोबार


GDP नेपाल
   १६ माघ २०७९, सोमबार


सोमबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ४१.१६ अंकले घटेर दुई हजार १२७.३७ विन्दुमा पुगेको छ ।

आज जलविद्युत् ७९, निर्जीवन बीमा २७०, ब्यापार उपसमूह ४५, फाइनान्स ६१, उत्पादन ७२, अन्य ३३, विकास बैंक ९५, बैंकिङ उपसमूह १५, होटल तथा पर्यटन १२१, माइक्रोफाइनान्स ८५ र जीवन बीमा उपसमूह १२१ अंकले घटेको छ ।

आज यूनाइटे आईडीआई मर्दि आरबी हाइड्रोपावरको सेयर ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज लुम्बिनी जनरल इन्स्योरन्स र आदर्श लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २५६ कम्पनीका ८८ लाख कित्ता सेयर ३ अर्ब ३० करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १६ माघ २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह