Logo

सेयर बजार

सेयर बजार १५ अंकले घट्यो, दुई अर्ब ८२ करोडकाे कारोबार


GDP नेपाल
   १७ माघ २०७९, मंगलबार


मंगलबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से १५.७० अंकले घटेर दुई हजार १११.६८ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ११, विकास बैंक १३, फाइनान्स १३, होटल तथा पर्यटन २२, जीवन बीमा १२८, उत्पादन ४३, माइक्रोफाइनान्स ५४, निर्जीवन बीमा ३२, अन्य ९ र ब्यापार उपसमूह १३ अंकले घटेको छ । त्यस्तै, जलविद्युत् उपसमूह भने ०.६० अंकले बढेको छ ।

आज सबैभन्दा धेरै मनकामना स्मार्ट लघुवित्त र प्राइम लाइफ इन्सुरेन्सको सेयर पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आदर्श लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २५९ कम्पनीका ७५ लाख कित्ता सेयर दुई अर्ब ८२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै रिडी हाइड्रोको १९ करोड २० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : १७ माघ २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह