Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार, एक अर्बको कारोबार


GDP नेपाल
   १८ माघ २०७९, बुधबार


बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ४.९७ अंकले बढेर दुई हजार ११६.६५ विन्दुमा पुगेको छ ।

आज बैंकिङ ०.६, विकास बैंक ४५, फाइनान्स ९, होटल ५०, जलविद्युत् ३, जीवन बीमा ८८, उत्पादन २८ र निर्जीवन बीमा २० अंकले बढेको छ । यस्तै, व्यापार ३, अन्य १ र माइक्रोफाइनान्स उपसमूह १५ अंकले घटेको छ ।

आज आदर्श लघुवित्तको सेयर १० प्रतिशत र सिद्धार्थ इन्स्योरेन्सको सेयर ८ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज एनआइबीएल समृद्धि फन्ड २ को सेयर सबैभन्दा धेरै झण्डै चार अंकले घटेको छ ।

यस दिन २६१ कम्पनीका ५० लाख कित्ता सेयर एक अर्ब ७६ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १८ माघ २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह