Logo

Sub-banner

बृहतको १९ औं ‘रिमा तालिम’ सम्पन्न, थप ११ एजेन्ट प्रशिक्षित


GDP नेपाल
   २२ माघ २०७९, आइतबार


बृहत इनभेस्ट्मेन्ट्स (बि.आइ) ले आयोजना गरेको १९औं ब्याचको ‘रियल स्टेट मार्केटिङ एजेन्ट’ तालिम सम्पन्न भएको छ ।

माघ १८ देखि २० गतेसम्म काठमाडौंमा आयोजित १९ औं ब्याचको रिमा तालिममा रियल इस्टेट एजेन्ट र व्यवसायिक प्रतिष्ठानका ११ जनाको सहभागिता रहेको थियो ।

तालिममा रियल इस्टेट करिअरबारे आधारभुत जानकारीका साथै घर निर्माण, इन्जिनियरिङ तथा आर्किटेक्चर, भवन संहिता, रियल इस्टेट कानुन र यसको अभ्यास, आवास कर्जा तथाबिमा, प्रोपर्टी भ्यालुएशन, रियल इस्टेट मार्केटिङ तथा सेल्स टुल्स एण्ड टेक्निकल लगायतका विषयहरु समेटीएको थियो ।

तालिममा नेपालका रियल इस्टेट विज्ञ ओम राजभण्डारीका साथै पुर्णिमा राजभण्डारी, रुद्र प्रसाद पोखरेल, बृहत राजभण्डारी, रबिन श्रेष्ठ, सुजन श्रेष्ठ र रश्मी तुलाधरले प्रशिक्षण दिनुभएको थियो ।

हाल विश्व्यापि नै आर्थिक मन्दी छाएको अवस्थामा बृहत इनभेस्टमेन्टले संचालन गरेको यस तालिमले रियल स्टेट क्षेत्रलाई चलायमान बनाउन केहि हदसम्म सहयोग हुने कम्पनीले जनाएको छ । सो तालिमले नँया पिढिलाई रियल इस्टेट क्षेत्रमा करियर बनाउनमा धेरै सहयोग हुने कम्पनीे विश्वास लिएको छ । तालिममा सहभागिहरुले रिमा तालिम रियल इस्टेटबारे आधारभूत ज्ञान लिनका साथै यस क्षेत्रलाई अझ मर्यादित र पारदर्शी रुपमा अघि बढाउने बताए ।

दक्ष रिमामार्फत घर–जग्गा कारोबारलाई मर्यादित बनाउने उद्धेश्यले कम्पनीले विगत १४ वर्षदेखि यस्ता तालिमहरुको आयोजना गर्दै आएको छ । यस तालिमबाट हालसम्म २४१ जना रिमा सरटिफाइड भैसकेका छन् । नेपालमा व्यवसायिक रिमा तालिम संचालन गर्ने यो पहिलो कम्पनी हो ।

कम्पनीले अरु व्यवसायको दाँजोमा रियल स्टेटको कारोबार गर्ने व्यवसायहरुलाई मर्यादित र व्यवस्थित बनाउनका साथसाथै विदेशमा जस्तो सरकारी मान्यता प्राप्त एजेन्टले मात्र कारोबार गर्ने पाउनु पर्ने मागलाई अघि सार्दै आएको छ ।

प्रकाशित : २२ माघ २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह