सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २३.६० अंकले घटेर दुई हजार ४६.८१ विन्दुमा पुगेको छ ।
बैंकिङ १०, विकास बैंक ३८, फाइनान्स १४, होटल तथा पर्यटन २७, जलविद्युत् २४, जीवन बीमा ८६, उत्पादन १६४, माइक्रोफाइनान्स १०५, निर्जीवन बीमा ६३, अन्य २२ अंकले घटेको छ । त्यस्तै, ब्यापार उपसमूह भने ९ अंकले बढेको छ ।
आज जीवन विकास लघुवित्तको सेयर ९.१५ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज राप्ती हाइड्रो एण्ड जनरल कन्सट्रक्सनको सेयर सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ ।
यस दिन २५८ कम्पनीको ६० लाख कित्ता सेयर एक अर्ब ९४ करोडमा कारोबार भएको छ ।
प्रतिक्रिया