Logo

सेयर बजार

सामान्य अंकले बढ्यो सेयर बजार, दुई अर्ब ५२ करोडको कारोबार


GDP नेपाल
   १४ फाल्गुन २०७९, आइतबार


आइतबार सेयर बजार सामान्य अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से ४.५५ अंकले बढेर दुई हजार २७.१९ विन्दुमा पुगेको छ ।

विकास बैंक ३०, फाइनान्स २३, होटल तथा पर्यटन ७२, जलविद्युत् १८, निर्जीवन बीमा २७, अन्य ३ र माइक्रोफाइनान्स १०८ अंकले बढेको छ । त्यस्तै, बैंकिङ ११, जीवन बीमा १३, उत्पादन १४ र ब्यापार उपसमूह ३० अंकले घटेको छ ।

आज विजय लघुवित्त, ग्रीन डेभलपमेन्ट बैंक र अभियान लघुवित्तको सेयर सात प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढे पनि जनउत्थान सामुदायिक लघुवित्तको सेयर भने पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

यस दिन २६२ कम्पनीको ६५ लाख १५ हजार कित्ता सेयर दुई अर्ब ५२ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १४ फाल्गुन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह