सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ३.६५ अंकले घटेर दुई हजार २३.५४ विन्दुमा पुगेको छ ।
बैंकिङ १, विकास बैंक १३, फाइनान्स २८, जलविद्युत् ७, जीवन बीमा ८, उत्पादन २३ र माइक्रोफाइनान्स ३९ अंकले घटेको छ । त्यस्तै, ब्यापार उपसमूह १२, होटल तथा पर्यटन ४३, निर्जीवन बीमा ७ र अन्य उपसमूह ११ अंकले घटेको छ ।
आज राप्ति हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सनको सेयर झण्डै साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज स्वाभिमान लघुवित्त र सामलिङ पावर कम्पनीको सेयर ९ प्रतिशत भन्दा धेरैले बढेको छ । विजय लघु
यस दिन २५९ कम्पनीको ५१ लाख २० हजार कित्ता सेयर एक अर्ब ८९ करोड रुपैयाँमा कारोबार भएको छ ।










प्रतिक्रिया