Logo

मुख्य समाचार

२६ अंकले घट्यो सेयर बजार, एक अर्ब ३३ करोडको कारोबार


GDP नेपाल
   १८ फाल्गुन २०७९, बिहिबार


बिहिबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २६.४७ अंकले घटेर एक हजार ९६९.०२विन्दुमा पुगेको छ ।

बैंकिङ १२, विकास बैंक ३०, फाइनान्स २६, होटल तथा पर्यटन २०, जलविद्युत् ४०, जीवन बीमा १२४, उत्पादन ७०, लघुवित्त १०१, निर्जीवन बीमा ८३, अन्य २० र ब्यापार उपसमूह ४९ अंकले घटेको छ ।

आज ग्लोबल आईएमई लघुवित्तको मूल्य ७ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज बुद्धभूमि र युनिक नेपाल लघुवित्तको मूल्य ४ प्रतिशतले बढेको छ ।

यस दिन २५६ कम्पनीका ३६ लाख ५७ हजार कित्ता सेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १८ फाल्गुन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह