आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से ३०.७७ अंकले घटेर एक हजार ९३८.२५ विन्दुमा पुगेको छ ।
बैंकिङ १२, विकास बैंक ४९, फाइनान्स २९, होटल तथा पर्यटन ६८, जलविद्युत् ५३, जीवन बीमा १७३, उत्पादन १४२, लघुवित्त ८८, निर्जीवन बीमा ६३, अन्य २७ र ब्यापार उपसमूह ७ अंकले घटेको छ ।
आज सामलिङ पावर कम्पनी लिमिटेडको सेयर सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि आज सुपर मादी हाइड्रोपावरको सेयर १० प्रतिशतले बढेको छ ।
यस दिन २५९ कम्पनीका ३८ लाख ३२ हजार कित्ता सेयर एक अर्ब ३९ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया