Logo

सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार, एक अर्ब २० करोडको कारोबार


GDP नेपाल
   २३ फाल्गुन २०७९, मंगलबार


मंगलबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १४.४१ अंकले बढेर एक हजार ९५२.६६ विन्दुमा पुगेको छ ।

बैंकिङ ६, विकास बैंक ४०, फाइनान्स १९, होटल तथा पर्यटन ३१, जलविद्युत् ४१, जीवन बीमा ४४, लघुवित्त १८, निर्जीवन बीमा ८३, अन्य ९ र ब्यापार उपसमूह १५ अंकले बढेको छ । यस्तै, आज उत्पादन उपसमूह भने ४८ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै शुभम् पावर लिमिटेड र सुपर मादी हाइड्रोको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि सबैभन्दा धेरै सीवाईसी नेपाल लघुवित्तको सेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ ।

यसदिन २६१ कम्पनीको ४० लाख ५९ हजार कित्ता सेयर एक अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ। सबैभन्दा धेरै साल्ट ट्रेडिङ कर्पोरेशनको १२ करोड रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २३ फाल्गुन २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह