Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, ५० अंकले बढ्यो नेप्से


GDP नेपाल
   २५ फाल्गुन २०७९, बिहिबार


बिहिबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ५०.०४ अंकले बढेर दुई हजार २७० विन्दुमा पुगेको छ ।

बैंकिङ २३, विकास बैंक १०५, फाइनान्स ५६, होटल तथा पर्यटन ६६, जलविद्युत् ९०, जीवन बीमा ३१३, उत्पादन ६८, माइक्रोफाइनान्स १०९, निर्जीवन बीमा २५२, अन्य ३१ र ब्यापार उपसमूह ४३ अंकले बढेको छ ।

आज शुभम् पावर लिमिटेडको सेयर १० प्रतिशत र नेपाल इन्सुरेन्स कम्पनीको सेयर साढे नौ प्रतिशतले बढेको छ । यस्तै, सबैभन्दा धेरे सबैको लघुवित्त वित्तीय संस्थाको सेयर साढे एक प्रतिशतले घटेको छ ।

यसदिन २६२ कम्पनीको ४५ लाख ६६ हजार कित्ता सेयर एक अर्ब ५६ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै शिवम् सिमेन्टको सात करोड ८५ लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २५ फाल्गुन २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह