Logo

सेयर बजार

सेयर बजार राताम्मे, २६ अंकले घट्यो नेप्से


GDP नेपाल
   २८ फाल्गुन २०७९, आइतबार


आइतबार सेयर बजार राताम्मे भएको छ । सेयर बजार परिसूचक नेप्से २६.८० अंकले घटेर एक हजार ९७५.८९ विन्दुमा पुगेको छ ।

बैंकिङ २२, विकास बैंक ५२, फाइनान्स २८, होटल तथा पर्यटन ३१, जलविद्युत् ३८, जीवन बीमा १३८, उत्पादन १७, माइक्रोफाइनान्स ३०, निर्जीवन बीमा ११९, अन्य ८ र ब्यापार उपसमूह २४ अंकले घटेको छ ।

आज हिमालयन बैंक लिमिटेडको सेयर ६ प्रतिशत भन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि आज सुभम पावर लिमिटेडको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।

यसदिन २६० कम्पनीको ४७ लाख ७२ हजार कित्ता सेयर एक अर्ब ६६ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २८ फाल्गुन २०७९, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह