Logo

मुख्य समाचार

२४ अंकले घट्यो सेयर बजार, एक अर्ब १६ करोडको कारोबार


GDP नेपाल
   २९ फाल्गुन २०७९, सोमबार


सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से २४.६८ अंकले घटेर एक हजार ९५१.२१ विन्दुमा पुगेको छ ।

बैंकिङ २०, विकास बैंक ३९, फाइनान्स १३, होटल तथा पर्यटन २५, जलविद्युत् १६, जीवन बीमा १६५, उत्पादन ५१, माइक्रोफाइनान्स ६०, निर्जीवन बीमा ८२, अन्य १३ र ब्यापार उपसमूह ३० अंकले घटेको छ ।

आज खप्तड लघुवित्त वित्तिय संस्थाको सेयर सबैभन्दा धेरै साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि आज सुभम पावर लिमिटेडको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।

यसदिन २५६ कम्पनीको ३३ लाख ६९ हजार कित्ता सेयर एक अर्ब १६ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २९ फाल्गुन २०७९, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह