Logo

मुख्य समाचार

झिनो अंकले बढ्यो सेयर बजार, एक अर्ब १३ करोडकाे कारोबार


GDP नेपाल
   ३० फाल्गुन २०७९, मंगलबार


मंगलबार सेयर बजार झिनो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १.८५ अंकले बढेर एक हजार ९५३.०६ विन्दुमा पुगेको छ ।

विकास बैंक १२, फाइनान्स १६, होटल तथा पर्यटन १९, जलविद्युत् १८, जीवन बीमा ६, निर्जीवन बीमा ४७ र अन्य उपसमूह ६ अंकले बढेको छ । यस्तै, बैंकिङ ३, उत्पादन २३, माइक्रोफाइनान्स १४ र ब्यापार उपसमूह ५० अंकले घटेको छ ।

आज यूनिक नेपाल लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ । यस्तै, शुभम पावर लिमिटेडको ९.९८ र सुपर मादी हाइड्रोको ९.३२ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि आज एनाआईसी एशिया ब्यालेन्स फन्डको सेयर साढे पाँच प्रतिशतले घटेको छ ।

यसदिन २५५ कम्पनीको ३३ लाख १८ हजार कित्ता सेयर एक अर्ब १३ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ३० फाल्गुन २०७९, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह