Logo

मुख्य समाचार

दोहोरो अंकले घट्यो सेयर बजार,एक अर्ब २० करोडको कारोबार


GDP नेपाल
   १ चैत्र २०७९, बुधबार


बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १४.४४ अंकले घटेर एक हजार ९५३८.६२ विन्दुमा पुगेको छ ।

बैंकिङ ९, विकास बैंक २७, फाइनान्स १४, होटल तथा पर्यटन ७, जलविद्युत् ९, जीवन बीमा ६९, उत्पादन ३२, माइक्रोफाइनान्स ६८, निर्जीवन बीमा १७ र अन्य उपसमूह ४ अंकले घटेको छ । यस्तै, ब्यापार उपसमूह १० अंकले बढेको छ ।

आज किसान लघुवित्त वित्तिय संस्थाको प्रोमोटर सेयर झण्डै ५ प्रतिशतले घटेको छ । समग्रमा सेयर बजार घटे पनि आज यूनि नेपाल लघुवित्त र सुभम पावर लिमिटेडको सेयर झण्डै १० प्रतिशतले बढेको छ ।

यसदिन २५३ कम्पनीको ३७ लाख १६ हजार कित्ता सेयर एक अर्ब २० करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : १ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह