Logo

मुख्य समाचार

सामान्य अंकले घट्यो सेयर बजार, एक अर्ब १४ करोडको कारोबार


GDP नेपाल
   २ चैत्र २०७९, बिहिबार


बिहिबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ५.३२ अंकले घटेर एक हजार ९३३.३१ विन्दुमा पुगेको छ ।

बैंकिङ४, विकास बैंक १४, फाइनान्स ५, होटल तथा पर्यटन ३५, जीवन बीमा ३४, उत्पादन ६, माइक्रोफाइनान्स ३२ र निर्जीवन बीमा २१ अंकले घटेको छ । यस्तै, अन्य १, ब्यापार उपसमूह २९ र जलविद्युत् उपसमूह ०.२५ अंकले बढेको छ ।

आज लक्ष्मी लघुवित्त वित्तिय संस्थाको सेयर झण्डै ६ अंकले घटेको छ । समग्रमा बजार घटे पनि आज यूनिक नेपाल लघुवित्त र सुभम पावर लिमिटेडको सेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २५८ कम्पनीको ३२ लाख कित्ता सेयर एक अर्ब १४ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २ चैत्र २०७९, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह