Logo

मुख्य समाचार

सेयर बजार राताम्मे, १५ अंकले घट्यो नेप्से


GDP नेपाल
   ८ चैत्र २०७९, बुधबार


बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से १५.७६ अंकले घटेर एक हजार ९३३.३० विन्दुमा पुगेको छ ।

बैंकिङ ७, विकास बैंक ४५, फाइनान्स २३, होटल तथा पर्यटन ३५, जलविद्युत् २६, जीवन बीमा १२८, उत्पादन ८२, माइक्रोफाइनान्स ११, निर्जीवन बीमा ९४ र अन्य उपसमूह १४ अंकले घटेको छ ।

आज सबैभन्दा धेरै बोटलर्स नेपाल तराईको सेयर साढे सात प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि मायाखोला जलविद्युत् र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको प्रमोटर सेयर १० प्रतिशतले बढेको छ ।

यसदिन २६६ कम्पनीका ३७ लाख कित्ता सेयर एक अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै नेपाल लाइफ इन्सुरेन्स कम्पनीको नौ करोड १९ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

प्रकाशित : ८ चैत्र २०७९, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह