Logo

Sub-banner

रोटरी युथ लिडरसिप अवार्डको तीन दिने क्लोज क्याम्प सम्पन्न


GDP नेपाल
   ४ जेष्ठ २०८०, बिहिबार


रोटरी युथ लिडरसिप अवार्डको तीन दिने क्लोज क्याम्प सम्पन्न भएको छ । १५ मे देखि १७ मे सम्म स्ञ्चालित सो कार्यक्रम रोटरी डिस्ट्रिक ३२९२ अन्तर्गतका रोटरी क्लब अफ रुद्रमती काठमाडौं, रोटरी क्लब अफ दरबारमार्ग, रोटरी क्लब अफ राजधानी, रोटरी क्लब अफ पशुपति काठमाडौं र अन्य १३ रोटरी क्लबको सहयोगमा सम्पन्न भएको हो ।

सो कार्यक्रममा १५ देखि २० वर्ष उमेर समूहका युवाहरूको सहभागीता रहेको थियो । कार्यक्रमको उद्घाटन समारोहको सभापतित्व रायला अध्यक्ष रोटारियन खिमबहादुर कार्कीले गरेका थिए । त्यस्तै, प्रमुख अतिथिको रूपमा कार्यक्रममा सहभागी भएका डिस्ट्रिक गभर्नर रोटारियन जितेन्द्र राजभण्डारीले कार्यक्रम आयेजनामा सहयोग गर्ने व्यक्ति, संस्था र सहभागीहरूलाई पुरस्कार वितरण तथा सम्मान गरेका थिए ।

कार्यक्रममा अनिल चित्रकार, दीपक भट्ट, राजु सरकार, मिस अर्थ श्रीषा श्रेष्ठ, मिस नेपाल सुगारिका के.सी. लगायतका वक्ताहरू रहेका थिए भने देवराज घिमिरेले स्काउटसँग सम्बन्धित तालिम प्रदान गरेका थिए । क्याम्पको दोस्रो दिन दुर्गाप्रसाद सुवेदीद्वारा दिइएको योग प्रशिक्षणबाट सुरु भएको थियो ।

तीन दिनको उक्त कार्यक्रममा विभिन्न ट्यालेन्ट शो, कल्चरल शो, विभिन्न तालिम तथा बेस्ट राइलियन अवार्ड लगायतका अन्य विधामा समेत अवार्ड प्रदान गरिएको थियो । यस्तै, कृषकुमार गुप्ता मिस्टर रायला बनेका थिए भने सुष्मा परीयार मिस रायला भएकी थिइन ।

क्याम्पको अन्तिम दिन बिहान हाइकिङ तथा प्रोजेक्ट साइट भिजिट गरिएको थियो ।

प्रकाशित : ४ जेष्ठ २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह