Logo

बैंक / बिमा /शेयर

जेठ ३२ देखि प्रिमियममा आइपीओ निष्कासन गर्दै घोराही सिमेन्ट


GDP नेपाल
   २४ जेष्ठ २०८०, बुधबार


घोराही सिमेन्टले जेठ ३२ गतेदेखि सर्वसाधारणको लागि प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा ३३५ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ४३५ रुपैयाँका दरले ६९ लाख ११ हजार ६७० कित्ता सेयर निष्काशन गर्नेछ।

यसअघि कम्पनीले उद्योग प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आइपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीहरुका लागि पनि सेयर बाँडफाँट गरी बाँकी भएको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो ।

यसमा असार ४ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा असार १४ गतेसम्म बिक्री खुला राख्ने छ । घोराहीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सकिनेछ ।

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ ।

प्रकाशित : २४ जेष्ठ २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह