Logo

बैंक / बिमा /शेयर

नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट


GDP नेपाल
   ११ असार २०८०, सोमबार


नेपाल रिपब्लिक मिडियाको आइपीओ बाँडफाँट भएको छ ।

गोलाप्रथामार्फत भएको बाँडफाँटमा ३ लाख ६१ हजार ९८९ जना आवेदकले १० कित्ताका दरले सेयर हात पारेका छन् । यसमध्ये १ जनाले थप १ कित्ता सेयर पाएका छन् । आइपीओमा कुल १२ लाख ९९ हजार ७२७ जनाले आवेदन दिएका थिए । जसमध्ये ७१ हजार १९८ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले जेठ २६ गतेदेखि ३० गतेसम्म प्रतिकित्ता १०० रुपैयाँको दरले कुल ३६ लाख १९ हजार ८९१ कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो । कम्पनीको जारी पुँजी ९६ करोड ७५ लाख रुपैयाँ रहेको छ । जसको ४४.९९२२ प्रतिशथ अर्थात् ४३ करोड ५३ लाख रुपैयाँको ४३ लाख ५३ हजार कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि ४ लाख ३५ हजार ३ सय कित्ता सेयर बिक्री गरेको थियो ।

यस्तै, ५ प्रतिशतले हुने २ लाख १७ हजार ६५० कित्ता सेयर सामूहिक लगानी कोष र ४ प्रतिशतले हुने १ लाख ७४ हजार १२० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको थियो । कर्मचारीले ९३ हजार ९६१ कित्ताका लागि आवेदन नदिएका कारण उक्त सेयर थप गरी सर्वसाधारणलाई बिक्री खुला गरिएको थियो ।

प्रकाशित : ११ असार २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह