Logo

मुख्य समाचार

सेयर बजारमा ३६ अंकको गिरावट, कारोबार रकम पनि घट्यो


GDP नेपाल
   ९ श्रावण २०८०, मंगलबार


मंगलबार सेयर बजार ३६ अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ३६.१९ अंकले घटेर दुई हजार १६४.३१ विन्दुमा पुगेको छ । 

बैंकिङ ३७, विकास बैंक ८६, उत्पादन १३, माइक्रोफाइनान्स ३६, निर्जीवन बीमा १११, फाइनान्स ३६, जलविद्युत् २६, जीवन बीमा १७६, व्यापार ३ र अन्य उपसमूह २७ अंकले घटेको छ । यस्तै, होटल तथा पर्यटन उपसमूह ७२ अंकले बढेको छ ।

आज बीपीडब्लु लघुवित्तको सेयर झण्डै पाँच प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि किसान लघुवित्तको सेयर १० प्रतिशतले बढेको छ ।

यस दिन २६७ कम्पनीका ७७ लाख कित्ता सेयर दुई अर्ब ९१ करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : ९ श्रावण २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह