सोमबार सेयर बजार सामान्य अंकले घटेको छ । सेयर बजार परिसूचक नेप्से ३.२१ अंकले घटेर दुई हजार ०४८.२६ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १२, अन्य ५ र जलविद्युत् उपसमूह १३ अंकले घटेको छ । यस्तै, जीवन बीमा ६०, उत्पादन ४, व्यापार २७, माइक्रोफाइनान्स ११, विकास बैंक ५३, फाइनान्स २८, होटल तथा पर्यटन ७६ र निर्जीवन उपसमूह बीमा ७ अंकले बढेको छ ।
आज सबैभन्दा धेरै छ्याङदी हाइड्रोपावरको सेयर झण्डै साढे ६ प्रतिशतले घटेको छ । समग्रमा बजार घटेपनि नेपाल रिपब्लिक मिडियाको सेयर १० प्रतिशतले बढेको छ ।
यसदिन २६७ कम्पनीका ६६ लाख ४७ हजार कित्ता सेयर दुई अर्ब ३३ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया