Logo

मुख्य समाचार

सेयर बजारमा हरियाली, नेप्से ४१ अंकले बढ्यो


GDP नेपाल
   २४ श्रावण २०८०, बुधबार


बुधबार सेयर बजारमा हरियाली छाएको छ । सेयर बजार परिसूचक नेप्से ४१.०६ अंकले बढेर दुई हजार ०६०.९१ विन्दुमा पुगेको छ ।

बैंकिङ १२, विकास बैंक ९४, फाइनान्स ५८, होटल तथा पर्यटन १८८, जलविद्युत् ६२, जीवन बीमा ३४६, उत्पादन ८५, माइक्रोफाइनान्स ५२, निर्जीवन बीमा ३१०, अन्य ४४ र व्यापार उपसमूह १०० अंकले बढेको छ ।

आज हिमालयन लघुवित्त, मनकामना स्मार्ट लघुवित्त र सुपर मादी हाइड्रोपावर कम्पनीको सेयर साढे नौ प्रतिशतभन्दा धेरैले बढेको छ । समग्रमा बजार बढेपनि सेन्चुरी डिबेन्चर २०८८ को सेयर १० प्रतिशतले घटेको छ ।

यसदिन २६५ कम्पनीको ५० लाख १० हजार सेयर एक अर्ब ८८ करोड ८३ लाख रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै आईएमई लाइफ इन्स्योेरेन्स कम्पनीको १५ करोड ५० लाख रुपैयाँको सेयर किनबेच भएको छ ।

प्रकाशित : २४ श्रावण २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह