Logo

मुख्य समाचार

दोहोरो अंकले बढ्यो सेयर बजार, तीन अर्बको कारोबार


GDP नेपाल
   २८ श्रावण २०८०, आइतबार


आइतबार सेयर बजार दोहोरो अंकले बढेको छ । सेयर बजार परिसूचक नेप्से १४.८१ अंकले बढेर दुई हजार ०८०.८६ विन्दुमा पुगेको छ ।

बैंकिङ उपसमूह १३, विकास बैंक २१, होटल तथा पर्यटन १०७, जलविद्युत् १८, जीवन बीमा ५८ र निर्जीवन बीमा उपसमूह २४१ अंकले बढेको छ । यस्तै, फाइनान्स १, उत्पादन १०, माइक्रोफाइनान्स १३ र अन्य उपसमूह ०.१ अंकले घटेको छ ।

आज सबैभन्दा धरै थ्रीस्टार हाइड्रोपावर र अपर स्याङ्जेको सेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढेपनि आज घोराही सिमेन्टको सेयर १० प्रतिशतले घटेको छ ।

यसदिन २७१ कम्पनीको ९७ लाख १८ हजार सेयर तीन अर्ब एक करोड रुपैयाँमा कारोबार भएको छ ।

प्रकाशित : २८ श्रावण २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह