Logo

बैंक / बिमा /शेयर

चन्द्रागिरी हिल्स १५ करोड ११ लाख रुपैयाँ नाफामा


GDP नेपाल
   ३० श्रावण २०८०, मंगलबार


चन्द्रागिरी हिल्स लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनीले चौथो त्रैमाससम्ममा १५ करोड ११ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको तुलनामा कम्पनीको नाफा ७९६.४१ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको यसै अवधिमा कम्पनीले १ करोड ६८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

यस्तै, कम्पनीले असार मसान्तसम्म ९१ करोड ३४ लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ । अघिल्लो वर्ष कम्पनीको सञ्चालन आम्दानी ६६ करोड ८९ लाख रुपैयाँ रहेको थियो । कम्पनीको कूल नाफा पनि ५६ करोड ४० लाख रुपैयाँबाट बढेर ७९ लाख २६ हजार रुपैयाँ पुगेको छ ।

हाल यस कम्पनीको चुक्ता पुँजी १ अर्ब ५३ करोड ४० लाख ९१ हजार रुपैयाँ छ ।

जगेडा कोष भने अझै पनि २३ करोड ४४ लाख रुपैयाँले ऋणात्मक रहेको छ । नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष १ रुपैयाँ १० पैसा रहेको यसको प्रतिसेय। आम्दानी अहिले बढेर ९ रुपैयाँ ८५ पैसा रहेको छ ।  

कम्पनीको प्रतिसेयर नेटवर्थ ८४ रुपैयाँ ७२ पैसा रहेको छ ।

प्रकाशित : ३० श्रावण २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह