Logo

बैंक / बिमा /शेयर

नेपाल टेलिकमको नाफा ७.८६ प्रतिशतले घट्यो


GDP नेपाल
   ३१ श्रावण २०८०, बुधबार


नेपाल टेलिकमले २०७९/८० को चौथो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार टेलिकमले चौथो त्रैमाससम्ममा ७ अर्ब ८० करोड ४५ लाख २६ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो वर्षको यसै अवधिको तुलनामा टेलिकमको नाफा ७.८६ प्रतिशतले घटेको हो । अघिल्लो वर्ष कम्पनीले ८ अर्ब ४७ करोड ७ लाख ३३ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस्तै, कम्पनीको कुल आय ४४ अर्ब ८६ करोड ८२ लाख ७३ हजार रहेको छ । अघिल्लो वर्ष कम्पनीको कुल आय ४४ अर्ब ३७ करोड ४६ लाख ५६ हजार रहेको थियो ।

अषाढ मसान्तसम्म कम्पनीको कुल सञ्चालन आय ३६ अर्ब ८० करोड ३९ लाख ३० हजार रहेको छ। अघिल्लो वर्ष कम्पनीको सञ्चालन आय ३७ अर्ब ९१ करोड ९७ लाख ८९ हजार रहेको थियो ।

कम्पनीको प्रति शेयर आम्दानी यस वर्ष ४३.३६ रहेको छ।

प्रकाशित : ३१ श्रावण २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह