साधना लघुवित्त र सबैको लघुवित्त वित्तीय संस्थाबीच मर्जर सम्झौता भएको छ । दुई कम्पनीबीच भदौ १५ गते मर्जरमा जानेसम्बन्धी प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर भएको हो ।
दुई संस्थाबीच १ः१ को सेयर आदानप्रदान अनुपातमा मर्जरमा जाने सहमति भएको छ । मर्जरका लागि हस्ताक्षर भएसँगै आधारभूत सेयरधनीहरुको सेयर कारोबार रोक्का राखिदिन अनुरोध गर्दै दुवै संस्थाले नेप्सेलाई पत्र लेखेका छन् । साधना लघुवित्तको रजिष्टर्ड कार्यालय गोरखा नगरपालिका–६ हरमटारी, गोरखामा रहेको छ भने सबैको लघुवित्तको रजिष्टर्ड कार्यालय तनहु जिल्ला, बन्दीपुर गाउँपालिका–१ डुम्रेमा रहेको छ ।
हाल साधनाको चुक्ता पुँजी ३८ करोड २२ लाख ५८ हजार रुपैयाँ रहेको छ । यस्तै, सबैको लघुवित्तको चुक्ता पुँजी ३१ करोड ८६ लाख रुपैयाँ रहेको छ । मर्जरका लागि दुई कम्पनीको सेयर स्वाप रेसियो सम्पति तथा तथा दायित्व मूल्यांकनपछि तय हुनेछ ।
प्रतिक्रिया