Logo

बैंक / बिमा /शेयर

भगवती हाइड्रोपावरको आइपीओ बाँडफाँट


GDP नेपाल
   १८ भाद्र २०८०, सोमबार


भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको आइपीओ बाँडफाँट भएको छ ।

बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको कार्यालयमा भएको बाँडफाँट ७१ हजार २२२ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् ।

आइपीओमा १३ लाख ९ हजार ६६ जनाले कुल १ करोड ५३ लाख ३ हजार ६५० कित्ताका लागि आवेदन दिएका थिए । जसमा २ हजार ३८९ जनाको आवेदन रद्द भएको थियो ।

यस कम्पनीले भदौ ५ गतेदेखि ८ गतेसम्म फेस भ्याल्यू १०० रुपैयाँमा १६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता ११६ रुपैयाँ दरले सर्वसाधारणका लागि ७ लाख १२ हजार २२० कित्ता सेयर निष्कासन गरेको थियो । हाल कम्पनीको जारी पुँजी ५७ करोड २० लाख ६४ हजार ७०० रुपैयाँ रहेको छ ।

लगानीकर्ताले बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलको वेबसाइट (https://www.siddharthacapital.com/check-share-allotment-ipo-fpo/), मेरो सेयर एकाउन्ट साथै भगवती हाइड्रोपावरको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट https://iporesult.cdsc.com.np/ रिजल्ट हेर्न सकिन्छ ।

प्रकाशित : १८ भाद्र २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह