Logo

बैंक / बिमा /शेयर

माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट


GDP नेपाल
   २४ भाद्र २०८०, आइतबार


माण्डु हाइड्रोपावरको आइपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा १ लाख २० हजार ५३२ जनाले १० कित्ताका दरले सेयर पाएका छन् ।

बिक्री प्रबन्धक प्रभु क्यापिटलका अनुसार आइपीओमा कुल १० लाख १६ हजार ७१४ जनाले आवेदन परेको थियो । जसमा १ लाख ४३ हजार ८७७ जनाको आवेदन रद्द भएको थियो ।

यस कम्पनीले भदौ १० गतेदेखि १३ गतेसम्म सर्वसाधारणका लागि कुल १२ लाख ५ हजार ३२० कित्ता आइपीओ प्रिमियम भाउमा बिक्री गरेको थियो । फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले आइपीओ निष्कासन गरेको हो ।

लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट, मेरोसेयर एकाउन्ट, माण्डु हाइड्रोपावरको वेबसाइट र सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सक्नेछन् । 

प्रकाशित : २४ भाद्र २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह