Logo

बैंक / बिमा /शेयर

नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सुनिल पन्त


GDP नेपाल
   २६ भाद्र २०८०, मंगलबार


नेपाल वित्तीय संस्था संघको अध्यक्षमा सुनिल पन्त चयन भएका छन्।

संघको गत शुक्रबार सम्पन्न २७ र २८औं वार्षिक साधारणसभाबाट आइसिएफसी फाइनान्सका प्रमुख कार्यकारी अधिकृत पन्त अध्यक्षमा निर्वाचित भएका हुन्। 

त्यसैगरी प्रथम उपाध्यक्षमा पोखरा फाइनान्स सिइओ रविचन्द्र गुरुङ र द्वितीय उपाध्यक्षमा सेन्ट्रल फाइनान्स सिइओ राजोजमान श्रेष्ठ चयन भएका छन्। त्यस्तै महासचिवमा नेपाल फाइनान्स सिइओ उद्धवराज थपलिया र कोषाध्यक्षमा मन्जुश्री फाइनान्स सिइओ नारायण सुवेदी चयन भएका छन्।

यस्तै सदस्यमा प्रोग्रेसिभ फाइनान्स सिइओ अनिल श्रेष्ठ, श्री इन्भेस्टमेन्ट एन्ड फाइनान्स सिइओ लिलामणि न्यौपाने, गोर्खाज फाइनान्स सिइओ सन्तोषकुमार घिमिरे, गुह्येश्वरी मर्चेन्ट एन्ड फाइनान्स सिइओ राजेशकुमार श्रेष्ठ, मल्टिपर्पस फाइनान्स सिइओ  रजनीशकुमार सिंह र जानकी फाइनान्स सिइओ दिनेशकुमार शर्मा छन्।

प्रकाशित : २६ भाद्र २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह