Logo

बैंक / बिमा /शेयर

सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट


GDP नेपाल
   २८ भाद्र २०८०, बिहिबार


सिटिजन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट भएको छ।

बिक्री प्रबन्धक एनआइएमबी एस क्यापिटलको कार्यालयमा गोलाप्रथामार्फत भएको बाँडफाँटमा ९ लाख जनाले १० कित्ताका दरले सेयर पाएका छन्।

एनआइएमबी एस क्यापिटलका अनुसार उक्त आइपिओमा कुल १५ लाख ८४ हजार ५९७ जनाले आवेदन दिएका थिए । जसमध्ये १ लाख ७७ हजार ३६० जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले भदौ १५ गतेदेखि १९ गतेसम्म प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर कुल २४४ रुपैयाँमा सेयर निष्कासन गरेको थियो ।

कम्पनीले जारी पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशत अर्थात् १ अर्ब १२ करोड ५० लाख रुपैयाँ बराबरको १ करोड १२ लाख ५० हजार कित्ता सेयर निष्कासन गर्ने अनुमति पाएको थियो।

सोमध्ये ५ प्रतिशत अर्थात् ५ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको ५ लाख ६२ हजार ५०० कित्ता प्रतिसेयर १०० रुपैयाँमा कम्पनीका कर्मचारीहरूका लागि निष्कासन गरेको छ। त्यस्तै, बाँकी १ अर्ब ६ करोड ८७ लाख ५० हजार रुपैयाँ बराबरको १ करोड ६ लाख ८७ हजार ५०० कित्ता सेयरको १० प्रतिशत अर्थात् ११ लाख २५ हजार कित्ता सेयर वैदेशीक रोजगारीमा रहेका नेपालीका लागि र ५ लाख ६२ हजार ५०० कित्ता सेयर सामूहिक लगानी कोषहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ।

बाँकी रहेको ९० लाख कित्ता सेयर कम्पनीले सर्वसाधारण लगानीकर्ताहरूका लागि निष्कासन गरेको हो।

प्रकाशित : २८ भाद्र २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह