Logo

बैंक / बिमा /शेयर

एनआईसी एशिया बैंकले ३०.५२ प्रतिशत लाभांश दिने


GDP नेपाल
   २९ भाद्र २०८०, शुक्रबार


एनआइसी एसिया बैंकले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट ३०.५२ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

बैंकको बिहीबार बसेको सञ्चालक समिति बैठकले २९ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १.५२ प्रतिशत नगद गरी कुल ३०.५२ प्रतिशत लाभांश दिने निर्णय गरेको हो ।

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र एनआइसी एसियाको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ ।

यसअघि राष्ट्र बैंकले तोकेको प्राथमिक पूँजीकोष पुर्याउन नसक्दा बैंकले आर्थिक वर्ष २०७७र७८ र २०७८र७९ को मुनाफाबाट लाभांश बाँड्न पाएको थिएन ।

प्रकाशित : २९ भाद्र २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह