Logo

बैंक / बिमा /शेयर

हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओ बाँडफाँट


GDP नेपाल
   २ आश्विन २०८०, मंगलबार


हाथवे इन्भेष्टमेन्ट नेपालको आइपीओ बाँडफाँट भएको छ ।

गोलाप्रथामार्फत भएको बाँडफाँटमा १ लाख २१ हजार ३८७ जना सर्वसाधारणले २० कित्ताका दरले सेयर पाएका छन् । यस्तै, १० जनाले थप १ कित्ताका दरले सेयर पाएका छन् ।

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आइपीओमा कुल १२ लाख ७० हजार ९९१ जनाले आवेदन दिएका थिए । जसमध्ये १ लाख २१ हजार ३८७ जनाको आवेदन रद्द भएको थियो ।

कम्पनीले भदौ २१ गतेदेखि २५ गतेसम्म सर्वसाधारणका लागि २४ लाख २७ हजार ७५० कित्ता आइपीओ बिक्री खुला गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले आइपीओ बिक्री गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलको वेबसाइट, मेरोसेयर एकाउन्ट, हाथवे इन्भेष्टमेन्टको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट रिजल्ट हेर्न सक्छन् ।

प्रकाशित : २ आश्विन २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह