Logo

बैंक / बिमा /शेयर

नेपालको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजनाका लागि विश्व बैंकद्वारा साढे २ अर्ब अनुदान स्वीकृत


GDP नेपाल
   ५ आश्विन २०८०, शुक्रबार


विश्व बैंकले नेपाल सरकारको खाद्य तथा पोषण सुरक्षा अभिवृद्धि परियोजना (फान्सेप)–२ लाई सहयोग गर्न २० मिलियन डलर (साढे २ अर्ब बढी) अनुदान स्वीकृत गरेको हो । यस परियोजनाले नेपालका १६ गाउँपालिकाका ५५ हजार भन्दा बढी साना किसानहरूलाई कृषि उत्पादकत्व, पोषण अभ्यासहरू र जलवायु-स्मार्ट कृषि अभ्यासहरू मापन मार्फत लाभान्वित गर्ने लक्ष्य राखेको छ ।

“दिगो विकास लक्ष्य र शून्य भोकमरीको चुनौतीलाई पूरा गर्ने प्रतिबद्धता अनुसार खाद्य र पोषण सुरक्षा हासिल र गरिबी न्यूनीकरण नेपाल सरकारको राष्ट्रिय लक्ष्य हो ”, माल्दिभ्स श्रीलंका र नेपालका लागि विश्व बैंकका देशीय निर्देशक फारिस हदाद-जेर्भोसले भने,”यस अपरेसनले उत्पादकत्व, जीविकोपार्जन र सीमान्तकृत समुदायहरूको पोषण सुरक्षा सुधार गर्न नेपाल सरकारको प्रयासलाई समर्थन गर्दछ।”

फान्सेप–२ को मूख्य तीन कार्यहरु भनेको जलवायु र पोषण स्मार्ट कृषि प्रविधि अनुकूलन र प्रसार, आय उत्पादन र विविधीकरण र पोषण सुरक्षा सुधार रहेको छ । यसले खाद्य र पोषण सुरक्षा संवर्द्धन परियोजनामा सहयोग गर्ने लक्ष्य राखेको छ ।

“ग्लोबल एग्रीकल्चर फूड सेक्युरिटी प्रोग्राम ग्याफ्स्प ट्रस्ट कोषको अनुदानबाट वित्त पोषित यो अपरेसन नेपालको हरित, लचिलो र समावेशी विकास एजेन्डासँग सम्बद्ध छ र यसले खाद्य असुरक्षित र प्रकोप प्रभावित क्षेत्रमा सीमान्तकृत समुदायको लचिलोपन निर्माण गर्न मद्दत गर्नेछ”, विश्व बैंकको प्रोजेक्ट टास्क टीम लीडरकरिश्मा वस्तीले भनिन् ।

प्रकाशित : ५ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह