Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्ने प्रस्तावसहित एभरेष्ट बैंकले बोलायो साधारण सभा


GDP नेपाल
   ८ आश्विन २०८०, सोमबार


एभरेष्ट बैंकले असोज ३० गते वार्षिक साधारण सभा बोलाएको छ ।

उक्त सभामा बैंकले १० प्रतिशत बोनस सेयर र १०.५३ प्रतिशत नगद गरी कुल २०.५३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । यस्तै, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने प्रस्ताव पनि रहेको छ । गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब, नगद प्रवाहलगायत विवरणमा छलफल गरी पारित गर्नेछ ।

सभाले चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ती गर्ने र संस्थापक समूहबाट सञ्चालक समितिमा नियुक्त भएका सञ्चालकको नियुक्ती अनुमोदन गर्नेछ ।

साधारण सभा लैनचौर बेंक्वेट, लैनचौर काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ ।

साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि असोज १६ गते बुक क्लोज गर्ने भएको छ । तसर्थ, असोज १५ गतेसम्म कायम रहने सेयरधनीले मात्रा सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।

प्रकाशित : ८ आश्विन २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह