Logo

मुख्य समाचार

आरके शर्मा भन्छन्ः मेरो कार्यकालमा सबै गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउनेछु !


gdpnepal
   २६ आश्विन २०८०, शुक्रबार


काठामाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) आइसीसीका अध्यक्षका उम्मेदवार राजेन्द्र कुमार (आर.के.) शर्माले आफ्नो नेतृत्वमा आइसीसी गठन हुने बित्तिकै गैरआवासीय नेपालीहरुलाई एकताबद्ध बनाउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

संघको ११ औं महाधिवेशन तथा निर्वाचनमा अध्यक्षका प्रत्यासी रहेका शर्माले अक्टोबर १३ तारिख शुक्रबार राजधानी काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सो घोषणा गरेका हुन् ।

“मेरो कार्यकालमा फुटेको होईन, जुटेको एनआरएनए बन्नेछ,” उनले पत्रकार सम्मेलनमा भने, “यो मेरो पहिलो प्रतिबद्धता हो ।”

उनले थप जोड दिंदै भने, “हाम्रो कार्यकाल जम्मा २४ महिनाको हुन्छ । २४ महिनाका लागि २४ कार्यक्रमको खाका बनाएको छु । त्यतिमात्र होइन, प्रत्येक ३ महिनामा प्रगति विवरण तयार गर्ने लक्ष्य पनि राखेको छु ।”

वैदेशिक रोजगारलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन आठ बुँदे कार्य योजना समेत जारी गरे ।

सीप विकास गर्ने, भाषा र कानुनी समस्यामा परेका श्रमिकहरुलाई निशुल्क कानुनी सेवाको व्यवस्था मिलाउने, वैदेशिक रोजगारका सम्भावना बोकेका थप देशहरुसँग श्रम सम्झौता गर्ने, श्रमिकहरुको संख्या बढी भएका देशहरुको एनसीसीमा नै श्रम डेस्क राख्ने र वैदेशिक रोजगारीमा जाँदा ख्याल गर्नुपर्ने विषयमा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने लगायतका योजनाहरु शर्माले सुनाएका थिए ।

उनले प्रवासमा रहेका श्रमिकहरुको आर्थिक स्थिति सुधार्न समेत पहल गर्ने प्रतिबद्धता जनाए । उनले वैदेशिक रोजगारीमा रहेकाहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्ध हुन अभिप्रेरित गर्ने र वैदेशिक रोजगारीमा गएका श्रमिकका लागि आइपीओको आरक्षण कोटा बढाएर श्रमिकको सहभागिता बढाउने बताए ।

उनले विप्रेषणको सही सदुपयोग गर्दै विप्रेषण (रेमिट्यान्स) लाई उत्पादनमुलक उद्यम व्यवसायमा लगाउन पहल गरिने बताए ।

उनले भने, “विप्रेषणको १० प्रतिशत रकम बचत गर्न लगाइ उत्पादनमूलक उद्यममा लगानी गर्ने व्यवस्था मिलाइ कामदारको भविष्य सुरक्षित गर्ने र देश विकासमा योगदान गर्ने व्यवस्था मिलाउन पहल गरिनेछ ।”

‘गैरआवासीय नेपाली कामदार भविष्य सुरक्षा प्राधिकरण’ गठन गर्ने उद्घोष गर्दै शर्माले श्रमिक कामदारहरुको हकहितका लागि नै आफ्नो कार्यकाल बढी व्यतित गर्ने बताए । नेपालको आर्थिक विकासमा टेवा पुराउन लगानी प्रबद्र्धन गर्ने र व्यापार घाटा कम गर्नका लागि नेपाली वस्तुहरुको निर्यात बढाउने शर्माले योजना सुनाए ।

प्रकाशित : २६ आश्विन २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह