युनिलिभर नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीलाई कर सहित १५८० प्रतिशत नगद लाभांश घोषणा गरेको हो ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार लाभांश प्रयोजनार्थ मंसिर १२ गतेदेखि २६ गतेसम्म बुक क्लोज गर्ने हुने छ ।
तसर्थ, मंसिर ११ गतेसम्म कायम रहने सेयरधनीले मात्र साधारण सभामा सहभागी हुन र लाभांश हात पार्न सक्नेछन् । गत वर्ष यसले कर सहित १२१५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
प्रतिक्रिया