Logo

बैंक / बिमा /शेयर

माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँट


GDP नेपाल
   ३ कार्तिक २०८०, शुक्रबार


माथिल्लो मैलुङ खोलाको आइपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा १ लाख २८ हजार ४२० जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका छन् ।

आइपीओमा कुल ११ लाख ९० हजार २९६ जनाले आवेदन दिएका थिए । जसमध्ये ११ लाख ८५ हजार ६४२ जनाको आवेदन मात्र योग्य भएको बिक्री प्रबन्धक सानिमा क्यापिटलले जनाएको छ ।

कम्पनीले असोज १८ गतेदेखि २२ गतेसम्म सर्वसाधारणका लागि १२ लाख ८४ हजार २०० कित्ता सेयर आइपीओ जारी गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट, मेरो सेयर एकाउन्ट, माथिल्लो मैलुङ खोलाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट पनि रिजल्ट हेर्न सक्छन् ।

प्रकाशित : ३ कार्तिक २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह