Logo

अर्थनीति

नागरिक एपबाटै ट्राफिक प्रहरीलाई ड्राइभिङ लाइसेन्स देखाउन मिल्ने !


gdpnepal
   १३ कार्तिक २०८०, सोमबार


काठमाडौं । अन्ततः नागरिक एपबाटै ट्राफिक प्रहरीलाई ड्राइभिङ लाइसेन्स देखाउन मिल्ने भएको छ ।

सोमबार प्रकाशित सूचनाअनुसार नेपाली नागरिकले सवारी चालक अनुमति पत्रको सक्कल प्रति नदेखाएको बाहेक अन्य ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको छ ।

यद्यपि, ट्राफिक नियम उल्लंघन गरेको खण्डमा भने सक्कलप्रति नै प्रहरीलाई बुझाउनुपर्ने जनाइएको छ ।

नागरिक एपमा आफ्नो सवारी चालक अनुमति पत्र लिंक गराउन पनि अनुरोध गरिएको छ ।

‘नागरिक एप’मा लिंक भएको ड्राइभिङ लाइसेन्स चेकजाँचका क्रममा प्रहरीले अस्वीकार गर्ने गरेको थियो ।

नागरिक एपद्वारा जारी सूचना
आदरणीय सेवाग्राहीहरु,
नेपाली नागरिकले सवारी चालक अनुमति पत्रको सक्कल प्रति नदेखाएको बाहेक अन्य ट्राफिक नियम उल्लंघन नगरी सवारी चलाउँदा चेकजाँचको बखतमा नागरिक एप मार्फत देखाएको सवारी चालक अनुमति पत्रलाई मान्यता दिने व्यवस्था देशव्यापी रुपमा कार्यान्वयनमा आएको व्यहोरा जानकारी गराउँदछौ। यदि नागरिक एपमा तपाईको सवारी चालक अनुमति पत्र लिंक भएको छैन भने कृपया आजै लिंक गर्नुहोस्।

प्रकाशित : १३ कार्तिक २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह