Logo

मुख्य समाचार

मन्थली विमानस्थलका प्रमुखसहित दुई पाइलट निलम्बित


GDP नेपाल
   १७ कार्तिक २०८०, शुक्रबार


नेपाल नागरिक उड्डयन प्राधिकरणले रामेछापस्थित मन्थली विमानस्थलमा कुटाकुट गर्ने दुई पाइलटसहित विमानस्थलका प्रमुखलाई निलम्बित गरेको छ ।

प्राधिकरणले विमानस्थलमा कुटाकुट गर्ने तारा एयरका क्याप्टेन सन्तोष शाह र सञ्जीव श्रेष्ठसहित विमानस्थल प्रमुख अशोक थापालाई निलम्बन गरेका हो । प्राधिकरणका अनुसार निलम्बनमा परेका उनीहरुमाथि थप अनुसन्धान अघि बढेको छ ।

शुक्रबार बिहान लुक्लाबाट मन्थली विमानस्थलमा जहाज अवतरण गराएका पाइलटबीच जहाजबाट झरेपछि कुटाकुट भएको थियो ।

प्रकाशित : १७ कार्तिक २०८०, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह