Logo

मुख्य समाचार

भूकम्पमा राहतः अहिलेसम्म १५ करोड ३९ लाख घोषणा, आश्वासन जुट्दै


GDP नेपाल
   १९ कार्तिक २०८०, आइतबार


काठमाडौं। जाजरकोट क्षेत्रमा भूकम्पबाट भएको जनधनको क्षतिमा राहत सहयोग गर्न प्रतिष्पर्धा जस्तै देखिएको छ।

मित्र राष्ट्रहरु, राजनीतिक दल, व्यवसायी र संस्थाहरुबाट धमाधम आर्थिक सहयोगको घोषणा भैरहेको छ। हालसम्म १५ करोड ३९ लाख एघार हजार नगद सहयोगको घोषणा भएको छ।

स्थानीय निकायहरु, प्रदेश सरकार र संघीय सरकारहरुले पनि अलग्गै आर्थिक सहयोगको घोषणा गरिरहेका छन्। चीन सरकारले १० करोड सहयोग दिने घोषणा गरेको छ।

भाटभटेनी सुपरमार्केटका संस्थापक मीनबहादुर गुरुङ्गले १ करोड ११ लाख ११ हजार राहत सहायताका लागि आर्थिक सहायताको घोषणा गरिसकेका छन्।

त्यसैगरी, बुध्द एयरले १ करोड, नेकपा एमालेले १ करोड, नेपाली कांग्रेसले ५० लाख, राष्ट्रिय स्वतन्त्र पार्टीले ५० लाख, एनसेलले ५० लाख, अर्ना वियरले २५ लाख, एनआरएन शर्मा समूहले २१ लाख, एनआरएन केसी समूहले १० लाख, एनआरएन जापान शाखाले १५ लाख र नेपाल विद्यार्थी संघले ७ लाख नगद सहयोगको घोषणा गरिसकेका छन्।

भूकम्प प्रभावित क्षेत्रमा सहायता दिन अमेरिका, भारत, रुस र अन्य राष्ट्रहरुले पनि सरकारलाई सन्देश पठाईसकेका छन्।

प्रकाशित : १९ कार्तिक २०८०, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह