नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले मंसिर १० गतेदेखि सर्वसाधारणका लागि आइपीओ जारी गर्ने भएको छ ।
कम्पनीले १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ बिक्री खुला गर्ने भएको हो ।
यसअघि नै कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गरिसकेको छ । साथै, सामूहिक लगानी कोष र कर्मचारीका लागि पनि सेयर बाँडफाँट गरिसकेको छ ।
आइपीओमा मंसिर १३ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयमा आइपीओ बिक्री नभएमा मंसिर २४ गतेसम्म बिक्री खुला रहनेछ ।
कम्पनीको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ ।
प्रतिक्रिया