Logo

बैंक / बिमा /शेयर

सोल्टी होटलले ३१.५७८ प्रतिशत लाभांश वितरण गर्ने


GDP नेपाल
   ४ मंसिर २०८०, सोमबार


सोल्टी होटलले गत वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ ।

होटलको मंसिर १ गते बसेको सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र २६.५७८ प्रतिशत नगद गरी कुल ३१.५७८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

यस्तै, होटलले लाभांश प्रस्ताव पारित गर्न पुस २६ गते वार्षिक साधारण सभा डाकेको छ । सभा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी, काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।

सोल्टीले सभा प्रयोजनाका लागि पुस ५ गते बुक क्लोज गर्ने जानकारी गराएको छ । यसर्थ, पुस ४ गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित : ४ मंसिर २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह