Logo

बैंक / बिमा /शेयर

भिजन लुम्बिनी उर्जाको आइपीओ बाँडफाँट


GDP नेपाल
   ५ मंसिर २०८०, मंगलबार


भिजन लुम्बिनी उर्जा कम्पनीको आइपीओ बाँडफाँट भएको छ । गोलाप्रथामार्फत भएको बाँडफाँटमा २ लाख ७ हजार ५२३ जनाले १० कित्ता र ५ जनाले ११ कित्ताका दरले सेयर पाएका छन्।

आइपीओमा कुल ११ लाख ६१ हजार ५२९ जनाले आवेदन दिएका थिए । जसमध्ये ४ हजार ६०२ जनाको आवेदन रद्द भएको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलले जनाएको छ ।

कम्पनीले कात्तिक १६ गतेदेखि २० गतेसम्म सर्वसाधारणका लागि कुल २० लाख ७५ हजार २८५ कत्ता साधारण सेयर निष्कासन गरेको थियो ।

लगानीकर्ताले बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटलको वेबसाइट, मेरो सेयर एकाउन्ट, भिजन लुम्बिनी उर्जाको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट https://iporesult.cdsc.com.np/ बाट रिजल्ट हेर्न सक्छन् ।

प्रकाशित : ५ मंसिर २०८०, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह