Logo

मुख्य समाचार

आजियाटाको ६ अर्ब ६६ करोडको सेयर किन्दै नेपाल भित्रियो बेलायती कम्पनी स्पक्टरलाइट यूके


GDP नेपाल
   १६ मंसिर २०८०, शनिबार


एनसेलमा रहेको आफ्नो स्वामित्वको ८० प्रतिशत सेयर बेच्दै मलेसियाली कम्पनी आजियाटा नेपालबाट बाहिरिएको छ । आजियाटाको ८० प्रतिशत सेयर बेलायती कम्पनी स्पक्टरलाइट यूके लिमिटेडले किनेसँगै आजियाटा नेपालबाट बाहिरिएको हो ।

नेपाली मूलका सतीशलाल आचार्य निर्देशक रहेको स्पेक्ट्रलाइट युके लिमिटेडले ५० मिलियन अमेरिकी डलर ६ अर्ब ६५ करोड ७० लाख रुपैयाँँमा आजियाटाको सेयर किनेको हो ।

सन् २०१६ मा १ खर्ब ४३ अर्ब रुपैयाँँमा एनसेलको ८० प्रतिशत सेयर किनेर मलेसियाली कम्पनी आजियटा नेपाल भित्रिएको थियो। केही दिन अघि मात्रै व्यावसायिक चुनौती बढेको भन्दै आजियाटाले नेपालबाट बाहिरिने घोषणा गरेको थियो ।

प्रकाशित : १६ मंसिर २०८०, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह