Logo

मुख्य समाचार

एनसेल सेयर बिक्री प्रकरण: कर छलिको आशंकामा लेखा समितिले सोध्यो ९ प्रश्न


GDP नेपाल
   १८ मंसिर २०८०, सोमबार


काठमाडौं । प्रतिनिधि सभा, सार्वजनिक लेखा समितिले एनसेलको सेयर बिक्रीमा कर छलि भएको आशंका जनाएको छ ।

समितिले आइतबार तीनवटा नियामक निकाय आन्तरिक राजस्व विभाग, नेपाल दूरसञ्चार प्राधिकरण र कम्पनी रजिस्ट्रारको कार्यालयलाई पत्राचार गर्दै एनसेलमा रहेको आजियटा समूहको सेयर खरिद बिक्री वा स्वामित्व हस्तान्तरण भएको सम्बन्धमा प्रश्न खडा गरेको हो ।

समितिले एनसेलको विदेशी होल्डिङ कम्पनीको स्वामित्वमा रहेको कम्पनीको सेयर खरिद–बिक्री वा हक हस्तान्तरण गर्दा कम्पनीले सेवा प्रवाह गरिरहेको मुलुकको कानुनी व्यवस्था परिपालना गर्नुपर्ने, नपर्ने के हो ? भन्दै नौ विषयमा प्रश्न गरेको छ ।

केही दिन अघि मात्र आजियाटाले एनसेलमा रहेको आफनो ८० प्रतिशत सेयर स्पेक्ट्रलाइट युके लिमिटेडलाई ५ करोड अमेरिकी डलरमा बेचेको थियो । आजिआटाले आफू एनसेलमा प्रवेश गर्दा भने सो सेयर १ अर्ब ३६ करोड अमेरिकी डलरमा खरिद गरेको थियो ।

 

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह