Logo

अर्थनीति

महासंघको टोली र अर्थमन्त्रीबीच भेटवार्ता, निर्यात व्यापार सुधारका लागि २५ बुँदे सुझाव पेश


GDP नेपाल
   १८ मंसिर २०८०, सोमबार


नेपाल उद्योग वाणिज्य महासंघको टोलीले अर्थमन्त्री प्रकाशशरण महतसँग भेटवार्ता गरेको छ । आज भएको सो भेटवार्ताका क्रममा महासंघको टोलीले नेपालको निर्यात व्यापारमा देखिएको समस्या र त्यसको समाधानका लागि २५ बुँदे सुझाव पेश गरेको छ ।

महासंघले अर्थ मन्त्रालय मार्फत नेपाल राष्ट्र बैंकलाई निर्यातजन्य उद्योगका लागि सहुलियतपूर्ण कर्जाको व्यवस्था गराउनुपर्ने, नेपाली कपडा एवं धागो उद्योगलाई उपलब्ध गराइएको ५ प्रतिशत ब्याजदरको सहुलियतपूर्ण कर्जा सुविधा नेपाली तयारी पोशाक उद्योगलाई पनि प्रदान गर्नुपर्ने, निर्यात प्रवर्द्धनका लागि अन्तर्राष्ट्रिय स्तरका क्रेताहरुलाई आमन्त्रण गरी सरकारी स्तरबाट वर्षेनी व्यापार मेला आयोजना गरिनु पर्ने लगाएतका सुझाव दिएको छ ।

WhatsApp Image 2023-12-04 at 6.22.27 PM.jpeg

सो भेटवार्तामा महासंघका तर्फबाट उपाध्यक्ष हेमराज ढकाल, महासंघको निर्यात प्रवर्द्धन समितिका सभापति नरेशलाल श्रेष्ठ, गार्मेन्ट एशोसिएसनका अध्यक्ष एवं निर्यात प्रवर्द्धन समीतिका सहसभापति पशुपतिदेव पाण्डे, निर्यात परिषदका अध्यक्ष रेशम बहादुर पोखरेल, हस्तकला महासंघका उपाध्यक्ष शनम शाक्य, डिल्लीरत्न तुलाधर, नेपाल फ्रेड फवार्ड एशोसिएसनका सचिव ईश्वर गूरुङ, अमृतमान श्रेष्ठ, वसन्त अधिकारी लगाएतको उपस्थिति रहेको थियो ।

     

प्रकाशित : १८ मंसिर २०८०, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह