नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट भएको छ ।
गोलाप्रथामार्फत भएको बाँडफाँटमा १ लाख १४ हजार १२५ जना सर्वसाधारणले १० कित्ताका दरले सेयर पाएका छन् ।
बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार आइपीओमा कुल १२ लाख ७६ हजार ५५८ जनाको आवेदन परेको थियो । जसमध्ये ८४ हजार ५६० जनाको आवेदन रद्द भएको थियो ।
कम्पनीले मंसिर १० गतेदेखि १३ गतेसम्म १ सय अंकित मूल्यमा ११ लाख ४१ हजार २५० कित्ता आइपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो ।
लगानीकर्ताले बिक्री प्रबन्धक हिमालयन क्यापिटको वेबसाइट, मेरोसेयर एकाउन्ट, नेपाल वेयर हाउजिङ कम्पनीको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट नतिजा हेर्न सक्छन् ।










प्रतिक्रिया