Logo

बैंक / बिमा /शेयर

मंसिर १५ गतेसम्म निक्षेप २०९ अर्ब र कर्जा १२५ अर्बले बढ्यो


gdpnepal
   २० मंसिर २०८०, बुधबार


काठमाडौं । चालू आर्थिक वर्षमा बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन तथा कर्जा प्रवाह बढेको छ ।

नेपाल राष्ट्र बैंकले संघीय संसदको अर्थसमितिमा पेश गरेको विवरणअनुसार गत आर्थिक वर्षको साउन १ गतेदेखि मंसिर १५ सम्म बैंक तथा वित्तीय संस्थामा निक्षेप ५० अर्ब बढेकोमा यस आर्थिक वर्षको सोही अवधिमा करिब २ खर्ब ९ अर्बले वृद्वि भएको उल्लेख छ ।

यस्तै, गत आवको साउन १ देखि मंसिर १५ सम्म बैंक तथा वित्तीय संस्थामा करिव ६९ अर्वले कर्जा बढेकोमा यस आर्थिक वर्षको सोही अवधिमा कर्जा करिव १२५ अर्वले वृद्वि भएको जनाइएको छ ।

यसरी २०७९ मंसिर १५ वाणिज्य बैंकको कर्जा निक्षेप अनुपात ८६.९९ प्रतिशत रहेकोमा २०८० मंसिर १५ मा उक्त अनुपात ८०.३७ प्रतिशत रहेको छ ।

अघिल्लो मंसिर १५ बैंक तथा वित्तीय संस्थाको खुद तरलता अनुपात २४.१२ प्रतिशत रहेकोमा २०८० मंसिर १५ मा उक्त अनुपात २९.६४ प्रतिशत रहेको जनाइएको छ ।

प्रकाशित : २० मंसिर २०८०, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह