Logo

मुख्य समाचार

एनसेलको सेयर नामसारी नगर्न उच्च अदालतको अन्तरकालिन अन्तरिम आदेश


gdpnepal
   २१ मंसिर २०८०, बिहिबार


काठमाडौं । उच्च अदालत पाटन इजलासले एनसेलका शेयरहरु दर्ता कितावमा दर्ता नगर्नु नगराउनु भनी अन्तरकालिन अन्तरिम आदेश दिएको छ ।

अदालतले नियामकीय निकाय नेपाल दूरसञ्चार प्राधिकरणको स्विकृति प्राप्त नगरी सेयर किनबेच गरेको देखिएको भन्दै तत्काल सेयर नामसारी नगर्न आदेश दिएको छ ।


न्यायाधीश पुरुषोत्तम प्रसाद ढकालको एकल इजलासले विपक्षी कम्पनी रजिष्ट्रारको कार्यालयलाई मंसिर २५ मा छलफलमा बोलाउने र सो मितिसम्म सेयर नामसारी नगर्न आदेश दिएको हो ।

निवेदक गोकुलबहादुर रोकायाले एनसेल किनबेच रोक्न अन्तरिम आदेश माग्दै दिएको निवेदनमाथि सुनुवाई गर्दै अदालतले संसदको सार्वजनिक लेखा समितिले सेयर खरिद विक्री रोक्का गर्न नेपाल सरकारलाई अनुरोध गरेको तथा प्रधानमन्त्रीले यस विषयमा अध्ययन गर्न सम्बन्धित निकायलाई निर्देशन दिई सकेको भन्ने देखिएको भन्दै सेयर नामसारी रोक्न अल्पकालीन अन्तरिम आदेश दिएको हो ।


“मंसिर २५ सम्मको लागि खरिद बिक्री भएका एनसेलका शेयरहरु दर्ता कितावमा दर्ता नगर्नु नगराउनु भनी विपक्षीहरुका नाउँमा उच्च अदालत नियमावली २०७३ को नियम ४२ (१) (क) बमोजिम यो अल्पकालीन अन्तरिम आदेश जारी गरी दिएको छ,” आदेशमा भनिएको छ । रिट निवेदकको तर्फबाट वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी एवं अधिवक्ता अनिता शर्मा र महेश डंगोलले बहस गरेका थिए ।

प्रकाशित : २१ मंसिर २०८०, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह